निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा आयोगले पत्रकार सम्मेलन गर्दै

काठमाडौं – स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा निर्वाचन आयोगले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

शुक्रबार अपरान्ह ५ बजे आयोगमा निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा पत्रकार सम्मेलनको आयोजना गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार गरेको निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा अपराह्न ५ बजे आयोगको सभाहलमा आयोगका पदाधिकारी समेतको उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गरेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्