काठमाडौं – कमल थापाको नेतृत्वमा नयाँ पार्टी घोषणा फागुन ७ गते हुने भएको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कमल थापाले राप्रपा नेपाल घोषणा गर्ने जानकारी गराउनुभएको हो ।
थापाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै राप्रपा, नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेको बताउनुभएको हो । आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुनेसमेत अध्यक्ष थापाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा विगतका गल्ती र कमजोरीबाट पाठ सिक्दै एक पटक गन्तव्यतर्फ अग्रसर भएको उल्लेख गर्नुभएको छ। ‘विगतका त्रुटी, कमजोरीबाट पाठ सिकेर तथा गल्तीहरु सच्याएर फेरि एकपटक आफ्नो गन्तव्यतर्फ अग्रसर रहने अवसर हामीले पाएका छौँ’, थापाले भन्नुभएको छ।
थापाले राप्रपा नेपालको विरासतलाई निरन्तरता दिँदै अबदेखि ‘हिन्दू राष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मुल एजेण्डा हुने उल्लेख गर्नुभएको छ ।