काठमाडौँ – आजका बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले विज्ञप्ति निकालेर बैठक अब आउँदो २६ गते बस्ने जानकारी दिएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम यथावत् रहेको कारण बैठक स्थगित गरिएको जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा अगाडि बढ्न सकेको छैन ।