हिमपातका कारण हिमाली भेगको जनजीवन प्रभावित

FILE PHOTO

बाजुरा – निरन्तर पानी तथा हिमपातले बाजुरा हिमाली भागमा हिउपढेर जमिनै सेताम्य भएपछी यहाको बातावरण एकदमै चिसो भएर यहाँको जनजिबन प्रभाबित भएको छ । मंगलबार राति एकाएक पानी संगै हिउ आरेपछी यहाको बातावरण असाध्यै चिसो भएर जनजिबन प्रभाबित भएको छ ।
जिल्ला सदरमुकाम मार्तडी नजीकै हिंउ परेपछी मार्तडी, आटीचौर ,बुढीननन्दा,गौमुल ,हिमालिका लगाएत जिल्लाको बिभिन्न क्षेत्रमा चिसो बढेर यहाँको जनजिबन प्रभाबित बनेको छ । यहाँको मानीस हरु एक ठाउँबापट अर्को ठाउँमा आबगन गर्न समेत सारै समस्या भएको छ ।भने जिल्लाको उत्तरपुर्बी भेगमा बाट मानिस हरु जिल्ला सदरमुकाम सम्म आवत जावत गर्ने समस्या परेका छन् भने सदरमुकाम मार्तडी बाट आउन जानका लागी एकामात्र सडक मार्ग बन्द भएको छ । कुन्ना क्षेत्रका चार स्थानीय तह लगायत हुम्ला,मुगु र बाजुरराको कोल्टी एर्पाेट सम्म जान समेत समस्या भएको छ । जिल्ला सदरमुकाममा समेत अत्याधिक चिसो बढे संगै जिल्लाको दैनिक काम कार्यर्ला प्रभाबित भएको जिल्ला प्रशासनकार्यालय बाजुराले जनाएको छ ।

निरन्तर हिमपातका कारण बाजुराको मार्तडी कोल्टी सडक खण्ड समेत २दिन देखी बन्द भएको बुढीन्दा नगरपालिका वाड न. ९ का गणेश बहादुर रोकायाले बताउनु भयो । बाजुराको उत्तरपुर्बि क्षेत्रका ४ बटा स्थानिय तह तथा हुम्ला,मुगु मा समेत संञ्चार बिहिन बनेका टावरमा रहेका सोलारका ब्याट्रीमा चार्जनभइपछी संञ्चार बिहिन बनेको टेलिकम बाजुराका नि. कार्यालय प्रमुख मान बहादुर रोकायालेबताउनु भइको छ ।बाजुराको उत्तरी भेगका ४ स्थानिय तहलगायत हुम्ला,मुगु,र कालिकोटका केही टाबर संग लिङ्कजोडीएको पोरखे लेखमा रहेको टावरका ब्याट्रीमा पावर नहुदा उत्तरी भेगमा संञ्चार बिहिन भएको टेलिकम बाजुराले जनाएको छ । सो क्षेत्रको टेलिफोन तथा इन्टरनेट समेत नहुदा त्यहाँका स्थानिय तहकोे कामकाज समेत प्रभाबित भएको छ ।

उत्तरपुर्बि क्षत्रमालगातार चार दिनबाट पानी तथा हिमपात भए संगै नेपाल टेलिकमका बडिमालिका नगरपालिका को कालाजग्रा, बुढीन्दा न.पा.को कोल्टी,जगनाथ गा.पाको लेखमा रहेको टावरमा हिउले ढाकीएका छन् । ४ दिन भो कतै पनि फोन नलाग्दा आफु लाई के अर्कै भयजस्तो लाग्यो शिक्षक हस्त बहादुर धामिले भन्नुभयो ।

हिमपातका कारण लेक तिरका बस्ती हरु चिसो छल्न बेसी तिर झरेका छन् । भने चिसो का कारण कोरोना भाईरसका बिरामी समेत बढेका छन् ।चिसोले गर्दा जेष्ठनागरीक तथा बालबालिका हरु सबै भन्दा बढी प्रभाबित भएका छन् ।चिसोले गर्दा बृद्धबृदा र बाल बच्चा हरुलाई चाडै बिरामी हुने गरेका छन् । चिसोबाट निमोयिा, रुघाखोकी ,ज्वरोका बिरामी समेत बडेका चुथि स्वास्थ्यचौकीका इन्चार्ज काशिचन्द्र पाध्यायले बताएका छने ।चिसामा अत्याबस्यक काम बाहेक कोही पनी धरबाहीर ननिस्कन र घरमा बसेर तातो झोलिलो खानेकुरा समय समयमा खाई राख्न बिनाकारण बाहिर नहिड्न समेत सुझाब समेत दिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्