काठमाण्डौ- गोकर्णेश्वर नगरपालिका स्थित वडा नं ९ को आरुबारीमा सडक दुर्घटना एवं ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं ९ को आयोजना तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको सहकार्यमा भएको उक्त कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजीव थापाको सभापतित्व तथा बागमती प्रदेश सभा सदस्य माननीय सांसद छिरिङ दोर्जे लामाको प्रमुख आतिथ्यतामा भएको हो। बिशेष अतिथि हरुमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे,मनास्लु कलेजका अध्यक्ष गेंद्र लामा,महानगरीय प्रहरी बृत्त बौद्ध शाखाका कार्यलय प्रमुख प्र . ना . उ. ढुन्डीराज न्यौपाने, महानगरीय ट्राफिक महाशाखाका डिएसपी सुगन्ध श्रेष्ठ ,गोकर्णेश्वर नगरपालिकाका प्रमुख् सल्लाहकार दिपक रिसाल लगाएतको उपस्थिति रहेको थियो।
त्यसैगरि उपस्थित अतिथिहरुमा महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौका इन्स्पेक्टर तथा प्रमुख प्रशिक्षक दामोदर भट्ट,प्रहरी नायव निरीक्षकहरु रामजी घिमिरे,उपेन्द्र यादव,समन महतो ,आदिबासी किराँत समाजका अध्यक्ष दिपेन्द्र चामलिङ,वडा सदस्यहरु हरिकृष्ण कारन्जित, पुरुषोत्तम थापा,सत्यभामा श्रेष्ठ,गमला कुमारी परियार लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,वडाका कमचारीहरु, बुद्धिजीवी, राजनिति कर्मी,समाजसेवी लगाएतको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रहरी नायव उपरीक्षक ढुन्डीराज न्यौपानेले आफू आएको ६ महिनाभित्र आफ्ना अनुभवहरुलाई जानकारी गराउदै त्यस क्षेत्रको सडक बन्नुभन्दा पहिला र बनिसकेपछी खासै परिबर्तन नभएको बताए। सडकमा फुटपाथ ,मुढा राखेर गरिने ब्यापार,सबैलाई हतार नै मुख्य सडक दुर्घटना का कारण रहेको बताए जसको न्यूनीकरण गर्न आफुबाट प्रयास भएता पनि आफुहरु असमर्थ भएको बताए। सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रम भएतापनी अब ब्यबस्थापन तिर पनि ध्यान दिन सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराएका थिए। कार्यक्रमका बिशेष अतिथि तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले अहिलेको मान्छेले ट्राफिक नियम कानुन र जरिवानाको पुर्ण रुपमा ब्यवास्ता गर्दै आएको हुँदा सडक दुर्घटना जाम जस्ता समस्या झेल्नुपरेको बताए। जस्लाई नियन्त्रण गर्न लाईसेन्स लिए पछि क्लास दिएपनी औचित्य नरहेको बताए।सडकमा ब्यवास्ता गर्ने मापासे गर्नेहरुलाई विभिन्न बिधिबाट कन्ट्रोल नभएपछी जरिवाना तिर्न बंगलादेश बैंकमा जानुपर्ने नियम बनाएपछि सबैको मापासे भनेर पहिचान हुने डरले केही कन्ट्रोल भएको बताएका थिए।
डिएसपी सुगन्ध श्रेष्ठले सडक दुर्घटना तथा ट्राफिक सचेतता जस्ता सचेतनात्मक कार्यक्रम हरु महानगरीयबाट विभिन्न ठाउँमा गर्दै आएकोमा वडा र सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालिबाट समेत कार्यक्रम आयोजना हुनुले थप हौसला मिलेको बताए।ट्राफिक प्रहरीहरु चौबीसै घन्टा खरिरहेको भएतापनी पैदल यात्री,फुटपाथका बयापारी साघुरो सडक,उपयुक्त ढल निकास नहुनु ,बिजुलीका पोल लगाएत विभिन्न कारणले दमकल,एम्बुलेन्स लगाएतका सवारि साधन यथासिघ्र सम्बन्धित क्षेत्रमा पउर्याउन नसकेको जस्ले गर्दा बिरामीहरुको ज्यान जाने खतरा ,रेस्क्यु सहि समयमा गर्न नसकिने समस्या रहेको बताउदै यसको निराकरणको लागि सबैजना जिम्मेवार रहनुका साथै सम्पुर्ण ले आफ्नो क्षेत्रबाट साथ सहयोग पुर्याउन हुन अनुरोध गरे।
कार्यक्रमका प्रमुख अतिथि छिरिङ दोर्जे लामाले बिगत लामो समयदेखी सडक चाप,सवारी साधनको वृद्धि संगै आमजनताले समस्या झेल्नुपरेको बताए।सवारी चालकले सकभर दाहिनेपट्टीको सडकलाई खुल्ला राखेर ड्राईभिङ गर्नुपर्ने बताए।जेब्राक्रस,निशेधित क्षेत्रमा गाडी रोकेर यात्रु ओराल्नु र चढाउनु गलत भएको बताउदै चालकहरु प्रेसरमा रहने भएकोले मानसिक तनाबबाट मुक्त हुन तालिम समेत दिनुपर्ने बताए। कार्यक्रम संयोजक संस्था सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङले कार्यक्रम लाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्ण ब्यक्तिवहरुलाई धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा निरन्तर साथ सहयोगकोको अपेक्षा ब्यक्त गरेकी थिईन।कार्यक्रमका बिशिष्ठ ब्यक्ती लगाएत करिब तीस जनालाई मायाको चिनो बितरण गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सभापति राजिव थापाले सडक दुर्घटना तथा ट्राफिक सचेतनामा हामीले नीति नियम कार्यन्वयन र पालनामा धेरै लापरबाही गरेको र जस्लाई सबै आफ्नो क्षेत्रबाट सबैले साथ सहयोग दिई समाधान गरि सडक दुर्घटनालाई निरुत्साहित गर्दै समुन्नत दुर्घटनाबिहिन समाज निर्माण गर्नुपर्ने बताए।कार्यक्रमलाई सफल बनाईदिनको लागि उपस्थित सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।कार्यक्रम को संचालन असितमान श्रेष्ठले गरेका थिए भने स्वागत मन्तब्य वडा सदस्य सत्याभामा श्रेष्ठले राख्नुका साथै नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले मन्तब्य राख्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रमलाई प्रशिक्षण र अन्तक्रिर महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौका इन्स्पेक्टर तथा प्रमुख प्रशिक्षक दामोदर भट्ट तथा सहायक प्रशिक्षक गजेन्द्र जिसीले सडक दुर्घटना तथा ट्राफिक सचेतना सम्बन्धी महत्वपूर्ण प्रशिक्षण प्रदान गरेका थिए।