कैलाली – भारतमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमका विभिन्न नाका भएर फर्किएका थप १२५ जनामा संक्रमण फेला परेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका ३ नाकाबाट भित्रिएका १ हजार ३ सय ४४ जनाको नमूना परीक्षण गर्दा १२५ जनामा कोरोना भेटिएको स्वास्थ्य निर्देशनाल दिपायलले जनाएको छ ।
गड्डाचौकी नाकाबाट भित्रिएका ७ सय १७ जनाको कोरोना परीक्षण गर्दा ४५, गौरीफन्टा नाकाबाट भित्रिएका ५ सय ९१ जनाको नमूना परीक्षण गर्दा ७८ र बैतडीको झुलाघाट नाकाबाट भित्रिएका ३५ जनाको नमूना परीक्षण गर्दा २ जनामा संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३६ नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार ८ सय १० पुगेको छ ।