‘हेलम्बु २० वर्ष पछाडी धकेलिएको छैन, फेरि पनि नमुना गाउँपालिका बन्छ’ : अध्यक्ष शेर्पा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बु २० वर्ष पछाडी नधेकेलिएको बताएका छन् । उपहारखबरसँगको कुराकानीमा अध्यक्ष शेर्पाले बाढीका कारण हेलम्बुमा क्षति भएपनि बाहिर प्रचार भए जस्तो हेलम्बु २० वर्ष पछाडी नधकेलिएको बताएका हुन् । ‘यहाँ बाढीले क्षति भएपछि हेलम्बु २० वर्ष पछाडी धकेलियो भन्ने कुराहरु भए त्यो सत्य छैन, हामीले अहिले मेलम्चीघ्याङ बाहेक सबैठाउँ पुनः सडक सञ्जाल जोडिसकेका छौँ, अध्यक्ष शेर्पाले भने, ‘खोलाले खेतहरु बगायो, घरहरु बगायो तर हामी पुनः विस्तारै पुरानै लयमा फर्किसकेका छौँ, बाढीपीडितहरुको लागि अस्थायी टहरा निर्माण भएका छन् ।’ एक फरक प्रसंगमा अध्यक्ष शेर्पाले हेलम्बुलाई नमुना गाउँपालिका बनाउने अभियानमा बाढीले ठूलो क्षति नपुर्याएको बताए । ‘गाउँपालिकामा बाढीले थुप्रै भौतिक क्षति भयो तर नमुना गाउँपालिका बनाउन हामीले चालेका अभियानहरु रोकिएका छैनन’्, अध्यक्ष शेर्पाले भने, ‘गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा चलाएको अभियान जारी छ, दिर्घरोगीहरुलाई अहिले पनि निशुल्क औषधि वितरण गरिरहेका छौ, त्यस्तै गर्भवती महिलाहरुको स्वास्थ्यमा गाउँपालिका प्रतिबद्ध छ, यस्ता थुप्रै कामहरुमा गाउँपालिकाले निरन्तरता दिएको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्