सिन्धुपाल्चोकको जिल्ला सभापतिमा उम्मेदवारी दिएका तामाङ को हुन् ? यस्तो छ उनको राजनीतिक यात्रा

काठमाडौं – इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति पदका लागि उम्मेदवार बनेका छन् । तामाङ १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा समेत भारी मतका साथ विजयी भएका थिए ।

काँग्रेसको १४औँ महाधिवेशन अघि जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लामा यहि पौष २७ गते जिल्ला अधिवेशन हुँदै छ । जिल्ला अधिवेशनमा गाउँपालिका महासंघका महासचिव समेत रहेका तामाङ र प्रेमध्वज लामाबीच प्रतिस्पर्धा हुने देखिएको छ । तामाङ अमेरिका छोडेर आएका हुन् भने लामा त्रिभुवन विश्वविद्यालयको प्राध्यापन छोडेर काँग्रेस सभापति लड्न तयार भएका हुन् ।

यस्तो छ बंशलाल तामाङको राजनीतिक यात्रा 

सिन्धुपाल्चोकको नवलपुरमा पिता हवलबहादुर तामाङ र माता थासुमायां तामाङको कोखबाट २०२० साल भदौ ५ गते जन्मिएका तामाङले २०३६ सालमा सिन्धुपाल्चोककै ऐंसेलुखर्क मा वि. को नेपाल विद्यार्थी संघको इकाई समिति सभापतिका भएर आफ्नो राजनीतिक याात्रा लाई अघि बढाए । २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका तामाङ प्रखर बक्ताका रुपमा चिनिन्छन् । उनी राजनीतिक परिवर्तन र नागरिकको लोकतान्त्रीक अधिकार प्राप्तीका लागि २०४२ सालमा तत्कालीन पञ्चायती निरंकुशता विरुद्ध शान्तिपूर्ण सत्याग्रहका काठमाडौँमा धर्ना बसे । २०४६ देखी २०४८ साल सम्म नेपाल विद्यार्थी संघकोे जिल्ला अध्यक्ष समेत बने बंशलाल तामाङ ।

पब्लिक युथ क्याम्पस हुंदै त्रिभुवन विश्व विद्यालय केन्द्रिय क्याम्पस बाट समाजशास्त्र ÷ मानवशास्त्रमा स्नातक गर्दा गर्दै तामाङ केन्द्रिय राजनीतिमा समेत स्थापित भए ।

२०४६ साल बाटै नेपाली कांग्रेसको जिल्ला सदस्य हुंदै जिल्ला सचिव सम्म बनेका तामाङको पार्टी संगठन बिस्तार र पार्टीको लोकप्रियता वृद्धिका लागि सक्रिय रूपमा लागेका छन । राजनीतिक निष्ठा र प्रतिवद्धता कै परिणाम तामाङले २०५८ सालमा पार्टीको भातृ संगठन नेपाल आदीबासी जनजाति संघको संस्थापक केन्द्रिय सदस्य बनेर अर्को जिम्मेवारी पुरा गरे ।

यही लोकप्रियता र निष्ठा कै परिणाम २०५३, २०५७, २०६१, २०६७, २०७२ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका तामाङ, २०७४ सालको स्थानीय चुनावमा इन्द्रावती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । त्यस लगत्तै ५ वर्षका लागि गाउँपालिकाहरूको छाता संगठन गाउँपालीका राष्ट्रिय महासंघको महासचिवको जिम्मेवारी सम्हाले । २०८९ मा तामाङ नेपाली काँग्रेसको जिल्ला सभापति बनेर काँग्रेसको जिल्ला संगठन हाक्ने दौडमा छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्