सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा पक्राउ

सांकेतिक तस्वीर

धनगढी – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ गरेको छ ।

सवारी ज्यान मुुद्दामा फरार भएका २३ वर्षीय सोडारीलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा पुस ११ गते मृत्युु भएको थियो ।

घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युुपछि भने सम्पर्कविहीन भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्