स्थानीय तहको चुनाव बैशाख १४ र २२ गते गर्ने प्रस्ताव

– निर्वाचन आयोगले आउँदो वैशाख १४ र २२ गते पालिकाको चुनाव गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरूसँग आज शुक्रवार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते चुनाव गर्न सक्ने जानकारी दिनुभएको हो ।

पालिकाको पदाधिकारी पदावधि जेठ ५ गते सकिँदै छ । स्थानीय तह सञ्चालन ऐनअनुसार पदावधि सकिनु दुई महिनाअघि चुनाव गरिसक्नुपर्ने व्यवस्था छ । चुनाव तयारीका लागि आयोगलाई एक सय २० दिन आवश्यक पर्ने आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्