नेपाली कांग्रेस प्रदेश–२ सभापतिमा कृष्णा राय यादव विजयी

काठमाण्डौ – नेपाली कांग्रेस प्रदेश–२ सभापतिमा कृष्णा राय यादव विजयी भएका छन् । उनले प्रदेश–२ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गरेका छन् । शुक्रबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार शेरबहादुर देउवा समूहका कृष्णा राय यादवले ९ सय ९६ मत ल्याएका छन् भने रामसरोज यादवले ८ सय ५५ मत ल्याएका छन् । विमलेन्द्र निधि र शेखर कोइराला समूहले रामसरोजलाई उम्मेदवार बनाएको थियो ।

प्रदेश–२ मा कुल १ हजार ९३८ मतदातामध्ये १ हजार ८८१ मत खसेको थियो । अन्य पदाधिकारीको मतगणना आजदेखि सुरु हुने कांग्रेसको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्