काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सु÷कुहिरो रहेको छ । तराईका भू–भागहरूमा बिहानको समयमा हुस्सु÷कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ । काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसको आसपास रहेको छ ।
बुधबार देशको पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
आगामी तीन दिनको माैसम अपडेट
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७८/०९/०७ देखि २०७८/०९/०९) जारी समय : विहान ६:०० बजे
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही तराइका थोरै भूभागमा हुसु/कुहिरो रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ पौष ७ गते (बुधबार)
दिउँसो : देशको पहाडी भू-भागमा आँशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
राती : देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
२०७८ पौष ८ गते (बिहीबार)
दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ ।
राती: देशका सुदूर पश्चिम प्रदेश तथा अन्य प्रदेशहरुका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।
२०७८ पौष ९ गते (शुक्रबार)
दिउँसो : पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।
राती: पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा अनुरोध छ।