अर्किड आइडल डान्स कम्पिटिसन २०७८ सुरु, ५७ जना दोस्रो राउण्डका लागि छनौट

काठमाडौँ काठमाडौँको गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलले प्रत्येक बर्ष आयोजना गर्दै आइरहेको अर्किड आइडल डान्स कम्पिटिसन २०७८ मंगलबारबाट सुरु भएको छ ।
आर्किड आइडल डान्स कम्पिटिसको आठौँ सिजन आज भव्यताका साथ सुरु भएको विद्यालयका फाउण्डर प्रेम कुमार भुजेलले जानकारी दिनुभयो । फस्ट राउण्डमा ९३ जनाको सहभागीता रहेको थियो । ५७ जना दोस्रो राउण्डका लागि छनौट भएका छन् । उहाँका अनुसार यसैगरी शुक्रवार सेकेण्ड राउण्ड सुरु हुनेछ । ग्राण्ड फिनाले भने दोस्रो हप्ताको मंगलबार हुनेछ ।
उक्त डान्स आइडलमा टप १० जनालाई सर्टिफिकेट प्रदान गरिनेछ । यसैगरी टप ३ जनालाई ट्रफि प्रदान गरिनेछ । साथै भेषभुषालाई समावेश गरि डान्स गर्ने एक जना र हाउभाउ सहितको आकर्षण नृत्य गर्ने एक जना गरि थप २ जनालाई समेत ट्रफि प्रदान गरिनेछ । जसमा टप ३ सहित अन्य २ जना गरि ५ जनाले ट्रफि हात पार्नेछन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बहुप्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले प्रत्येक बर्ष आयोजना हुने अर्किड आइडल डान्स कम्पिटिसनको यस बर्ष आठौँ संस्करण हो । संस्कार सहितको शिक्षा प्रदान गर्दै आइरहेको यस अर्किड स्कुलमा पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिदै आइरहेको छ ।
विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले विभिन्न समयमा क्रिकेट, भलिवल लगायत अन्य खेलकुदका साथै नृत्य प्रतियोगिता, हाजिरिजवाफ प्रतियोगिता, बक्तृत्वकला, निवन्ध लेखन, बादविवाद प्रतियोगिता लगायतका अतिरिक्त क्रियाकलाप गर्दै आइरहेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्