काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले थप एक मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यसअघि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका हुन् ।
रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएसँगै राष्ट्रपतिले अर्को व्यवस्था नहुँदासम्म देउवालाई जिम्मेवारी तोकेको हो ।