आज काठमाण्डौको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस, चिसो हावा चल्न थालेकाले जाडो बढ्यो

काठमाण्डौ – केही दिनयता न्यूनतम तापक्रममा खासै थपघट नभए पनि चिसो भने बढेको छ । चिसो हावा चल्न थालेकाले जाडो बढेको हो ।

बिहान हुस्सु कुहिरोसँगै तुसारो पर्न थालेको छ भने दिउँसो र बेलुका चिसो हावा चल्न थालेको छ । यसले गर्दा जाडो बढेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा तुसारो पर्न थालेको छ । यस्तै, उत्तर पश्चिमी क्षेत्रबाट आएको हावाका कारण पनि चिसो बढेको मौसमविद्ले बताएका छन् । अहिले उपत्यकासहित तराईका जिल्लामा हुस्सु, कुहिरो लागेको छ । आज पारिलो घाम नलाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौको बिहानको न्यूनतम तापक्रम आज ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्