काठमाडौँ – राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट हालसम्म ८ जना पदाधिकारी निर्वाचित भइसकेका छन् ।
शुक्रबार बिहनासम्म सभापति, २ उपसभापति , २ महामन्त्री र ८ मध्ये ३ सहमहामन्त्री विजयी भइसकेका छन् । अब ५ सहमहामन्त्रीको नतिजा आउन बाँकी छ ।
हालसम्मको नतिजाअनुसार सभापतिमा शेरबहादुर देउवाले दोस्रो चरणमा शेखर कोइरालालाई हराउँदै बाजी मारे भने उपउपसभापतिमा देउवा प्यानलकै पूर्णबहादुर खड्का र कोइराला प्यानलका धनराज गुरूङ विजयी भएका छन् ।
यस्तै महामन्त्रीमा कोइराला पक्षका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा विजयी भएका छन् । यस्तै महिला सहमहामन्त्रीमा देउवा पक्षकी महालक्ष्मी उपाध्याय ‘डिना’ र आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भए । दलितसहमहामन्त्रीमा शेखर समूहका जीवन परियार विजयी भएका छन् । अब पाँच सहमहामन्त्री र १२१ केन्द्रीय सदस्यको नतिजा आउन बाँकी छ । सहमहामन्त्रीकोे टुंगोपछि कांग्रेसमा केन्द्रीय सदस्यको मत गणना सुरु हुनेछ ।