लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ

धनुषा –  गणेशमान चारनथ नगरपालिका-९ बरबझिया बस्ने संजय यादव र महाजन यादवको घरबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा धनुषा चिक्ना घर बताउने ३५ वर्षीय राकेश पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

अपरिचित ४/५ जना मानिसहरुले हात-हतियार देखाई संजय यादवको घरबाट नगद १ लाख ५० हजार र सुनचाँदीको गरगहना समेत गरी २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल र  महाजन यादवको घरबाट नगद तथा सुनचाँदीको गरगहना समेत गरी २ लाख बराबरको धनमाल लुटी लगेकोमा भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बरबझिया र ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्नमध्ये पासवानलाई पक्राउ गरेको हो । पासवानको साथबाट सानो पेस्तोलमा लाग्ने ३ राउण्ड लोड भएको १ थान म्यागजिन समेत प्रहरीले बरामद गरेको छ ।
लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्