काठमाडौं – राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
लिङ्देनले बोलाएको सो बैठक निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गर्ने भएका छन् । थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने अडान राख्दै बैठक बहिष्कार गरेको बताइएको छ ।
बुधबार निर्वाचित भएका आफू निकटका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा थापाले आफू बैठकमा सहभागी नहुने जानकारी दिएका हुन् ।