काठमाडौं – नेकपा एमालेको अध्यक्षमा पराजित भीम रावलले केन्द्रीय कमिटीमा बस्न अस्वीकार गरेका छन् । तर उपाध्यक्षमा पराजित धनश्याम भुषालले भने केन्द्रिय सदस्यको सपथ लिएका छन् ।
मंगलबार बिहान भएको निर्वाचनमा रावल, केपी शर्मा ओलीसँग पराजित भएका थिए । नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुले मंगलबार साँझ शपथ लिएका छन् । तर रावलले शपथ लिन मानेनन् । आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएकाले उक्त पद स्वीकार नगर्ने बताए ।