काठमाडौँ – सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।