दार्चुला – दार्चुला जिल्ला अस्पतालमा कार्यरत एनेस्थेसिया सहायक बागेश्वरप्रसाद मिश्र सम्मानित भएका छन् ।
मंगलबार जिल्ला स्वास्थ्य कार्यालय दार्चुलामा आयोजित आर्थिक वर्ष २०७७÷७८को जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा मिश्र सम्मानित भएका हुन् ।
मिश्रलाई स्वास्थ सेवा प्रवाहमा कर्तव्यनिष्ट, इमान्दार, र अनुशासित रहि दार्चुलाको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै सम्मान पत्र सहित स्वास्थ्य कार्यालय दार्चुलाले सम्मानित गरेको हो ।
‘सम्मानले मलाई थप जिम्मेवार बनाएको छ’ सम्मान पत्र ग्रहण पश्चात मिश्रले भने । कोरोना महामारीमा पनि जनताको सेवामा खटिएर काम गरेकोले अस्पतालले उच्च मुल्याङ्कन गर्दै सम्मान पत्र दिनुभएकोमा सबैलाई धन्यवाद समेत दिए । उनले अगाडी थपे, ‘मुस्कान सहितको सेवा हाम्रो प्रतिद्धता हो, जनताको सेवा गरे वाफत पाएको सम्मानले आगामी दिनमा निकै ठूलो जिम्मेवारी थप भएको महसुस गरेको छु’
कार्यक्रममा ल्याब सहायक दिपकराज विष्टलाई पनि सम्मान गरिएको थियो ।