कैलाली- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गौरीगंगाको प्रथम भेला शनिबार मसुरियामा सम्पन्न भएको छ । भेलाले डिल्लीराज आचार्यको अध्यक्षतामा ८५ सदस्य नगर कमिटी गठन गरिएको छ । नगर कमिटीको पहिलो बैठकले कमिटीको उपाध्यक्ष, सचिव, सह-सचिव ,उप-सचिव लगाएतका पदमा जिम्मेवारी बाड्ने निर्णय गरिएको नगर सदस्य ललित बहादुर बोहराले जानकारी दिएका छन् । पार्टी कमिटीलाई सक्रियताका साथ संगठित र एकीकृत गर्दै नगरमा पहिलो पार्टी बनाउने अध्यक्ष डिल्लीराज आचार्यले प्रतिबद्धता व्यक्त गरेका छन् ।
एमालेबाट बिभाजन भई बनेको एकीकृत समाजबादी पार्टीले गौरीगंगामा बस्ती, टोल, वडा तथा नगर स्तरमा करिब एक हजार जना नेता कार्यकर्तालाई जिम्मेवारी प्रदान गर्ने रणनीति बनाएको छ । भेलामा साबिक एमाले पार्टी कमिटी र नेकपा हुदाको नगर कमिटीमा प्रतिनिधित्व गर्ने बहुसंख्यक बहुमत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । डिल्लीराम आचार्यको अध्यक्षतामा भएको प्रथम भेलामा सुदुर पश्चिम सरकारका भौतिक पुर्वाधार मन्त्री दिर्घ बहादुर सोडारी प्रमुख अतिथि रहेका थिए । प्रथम भेलामा विभिन्न पार्टी परित्याग गरि करिब २ सय जना एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई मन्त्री सोडारिले टीका लगाएर समाजवादी पार्टीमा स्वागत गरेका थिए । निष्ठावान सत्य र समाजबाद यात्रामा माधवकुमार नेपाल र झलनाथ खनालको ओजपुर्ण नेतृत्वमा नेपाली कम्युनिस्ट आन्दोलनलाई सहि मार्गमा डोर्याउने उल्लेख्य गर्दै भेलाका प्रमुख अतिथि सोडारिले माधव नेपाललाई रुखको टुप्पोमा पुर्याई बिचमा छोडेर भागेका भिम रावल सहितका नेताहरु आफैले निर्लज्ज गाली गरेका केपी ओलीको पछि लागि धोका दिएकाले माधव नेपाललाई युवा पुस्ताले साथ दिएको बताएका थिए ।