पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौँ – पोखरामा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। यसअघि तीन जनाको मृत्यु भएकोमा उपचारका क्रममा थप दुई बालिकाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका अन्य विद्यार्थीको उपचार भइरहेको छ। मृत्यु भएकाहरूको पहिचान खुल्न सकेको छैन। उद्धार कार्य सकिएपछि मात्रै मृतकको पहिचान गर्ने प्रक्रिया अघि बढाइने एसपी कार्कीले बताए।

पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटनामा परेको हो। बसमा चालकसहित २५ जना सवार रहेको बताइएको छ, जसमध्ये २१ जना विद्यार्थी थिए। उनीहरू कक्षा १० को परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै गरेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्