आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

FILE PHOTO

काठमाडौँ – चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बिक्री गर्न सहमत भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले यस विषयमा चासो देखाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बिहीबार सम्बन्धित वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो।

छलफलपछि कम्पनीहरू स्वीकृत भाडादरको सस्तो दरमा टिकट बिक्री तथा वितरण गर्न सहमत भएको क्यानले जनाएको छ। यात्रुको चाप बढेका बेला हवाई टिकटको मूल्य उच्च हुने गरेको र त्यसले सर्वसाधारणलाई आर्थिक भार परेको भन्दै गुनासो बढेपछि प्राधिकरणले कम्पनीहरूसँग छलफल गरेको हो।

विसं २०७२ मङ्सिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट आन्तरिक हवाई सेवाको न्यूनतमदेखि अधिकतमसम्मको भाडादर निर्धारण गरिएको थियो। सोही व्यवस्थाअनुसार वायुसेवा कम्पनीहरूले यात्रुको चाप बढी भएका बेला उच्चतम भाडादरमा टिकट बिक्री गर्दै आएका छन्। न्यूनतम भाडादरमा टिकट बिक्री गर्ने सहमतिले यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्