प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमाले सांसदहरुको नाराबाजी बावजुत पनि बैठक संचालन

काठमाडौँ – प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेट रोकेर दोश्रो बैठक बोलाएको सुरुमै उनीहरुले सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै मुर्दावादको नारा लगाइरहेका छन् ।

पहिलो बैठकमा एमाले सांसदहरुले १६ मिनेट संसद अवरोध गरेका थिए । सभामुख सापकोटाले एमालेलाई संसदीय अभ्यासको लामो अभ्यास रहेको बताउदै जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्