काठमाडाैँ – महेन्द्र राजमार्गअन्तर्गत दाउन्नेमा पहिरो खसेर यातायात ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान २ बजे दाउन्नेको खुर्सानी खोलानजिक पहिरो खसेको हो ।
वर्षात भइरहेकाले पहिरो हटाउन नसकिए प्रहरीले जनाएको छ । महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम लागेको गाडीलाई दुम्कीवास र बर्दघाटमा रोकिएको छ । पूर्वी नवलपरासीमा बिहीबार रातिदेखि वर्षा भइरहेको छ ।