न्युयोर्कमा अविरल वर्षाका कारण तीन नेपालीको मृत्यु (नामावली सहित)

तस्बिर : बीबीसी

न्युयोर्कमा बुधवार परेको अविरल वर्षाका कारण एकै परिवारको तीन जना नेपालीको मृत्यु भएको छ । परिवारिक स्रोतका अनुसार न्युयोर्कमा भएको यो घटनामा परी मृत्यु हुनेमा सोलुखुम्बु जुनबेसीका ४९ वर्षीय आङगेलु लामा, उनकी २० वर्षीया श्रीमती मिङमायाङजी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन्। उनीहरु न्युयोर्कको उडसाइडस्थित एउटा घरको वेसमेन्टमा बस्दै आएका थिए ।

स्रोतका अनुसार, उनीहरु सुतेको समयमा घरभित्र बाढी पसेको थियो । लामा परिवारको मृत्यु लगत्तै सुरक्षा निकायले बिहानै उनीहरुको शव व्यवस्थापन गरी छानवीन प्रक्रिया अगाडि बढाएको जनाइएको छ । मृतक लामा विगत १४ वर्षदेखि न्युयोर्कमा बसोबास गदै आउनु भएको थियो ।

अमेरीकाको क्यूएनएस अनलाइनमा प्रकाशित 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्