अमेरिकामा आँधी पछि आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४१ पुग्यो

तस्बिर : बीबीसी

काठमाण्डौ – अमेरिकामा आँधी पछि आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४१ पुगेको छ । अमेरिकाको न्यु योर्क र न्यु जर्सी बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएको छ । न्यु योर्क र न्यु जर्सी राज्यमा अस्वाभाविक वर्षा भएको छ । केही नागरिकहरु बाढीको चपेटामा परेका कार र भवनको सबैभन्दा मुनिको तलामा फसेका छन् ।

समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा हुँदा बाढी आएको हो । बाढीका कारण न्यु जर्सीमा २३ जनाको ज्यान गएको त्यहाँका गर्भनर फिल मुर्फीले बताएका बीबीसीले जनाएको छ । यस्तै, न्यु योर्कमा १४ जनाको ज्यान गएको छ ।

यस्तै, पेन्सिलभेनियाको फिलाडेल्फिया नजिकै तीन जना र कनेटिकटमा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा २ वर्षका बालक समेत रहेका खबरमा उल्लेख छ । बाढीमा परेर अझै केही फसिरहेकाले उद्धारको काम चलिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्