नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले दिए राजीनामा

काठमाण्डौ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ ।

सर्वोत्तम सिमेन्टको आईपीओ प्रकरणमा विवादित भएका साउदले अर्थ मन्त्रालय पुगेर राजीनामा दिनुभएको हो । सर्वोत्तम सिमेन्टले बुक विल्डिङमार्फत जारी गर्न लागेको आईपीओमा पहिल्यै शेयर किनेर बजार प्रभावित पार्न खोजेको आरोप साउदमाथि लागेको थियो ।

यो विषयमा छानबिनका लागि अर्थ मन्त्रालयले बनाएको छानबिन समितिले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना र नेप्सेका सीईओ साउद पनि दोषी रहेको ठहर गरेको छ ।

राजीनामा दिँदै साउनले आफ्नो कार्यकालमा नेपालका लगानीकर्ता र नेपालको पुँजीबजारको विकास र विस्तारका लागि गर्नुपर्ने हरदम कोसिस गरेको बताउनुभयो । दैनिक रूपमा डेढ अर्बको कारोबार हुने बजार आज २१ औँ अर्बको कारोबार हुन सक्ने अवस्थामा पु¥याएको उहाँको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्