माधव र महन्थको आज दल दर्ता हुने

काठमाडौं – निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज बुधबार दर्ता गर्ने भएको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पु–याएर आयोगले बुधबार नै दर्ता गर्ने तयारी गरेको हो ।

आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया बुधबार नै पु¥याउने र दल दर्ताको निर्णय गर्ने भएको हो ।
आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिँदा नाम समावेश गरेका पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसदहरूलाई बुधबार ११ बजेबाट २ बजेसम्म सनाखतका लागि बोलाइएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्