‘द भ्वाइस अफ नेपाल ३’को उपाधि किरण गजमेरलाई

काठमाडौं – हिमालयन टेलिभिजनबाट प्रशारण हुदेँ आएको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले हात पारेका छन् । उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन् । किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए ।

यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाएका छन् । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।
यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्