प्रधानमन्त्री ओलीले शनिबारमात्रै संसदमा सम्बोधन गर्नुहुने

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्नुहुनेछ । शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारका दुई वर्षे कार्यकालबारे सम्बोधन गर्नुहुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

नेपाली काङ्ग्रेसका राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएपछि शुक्रबार २ बजे बसेको प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक शनिबार बिहान ११ बजे बस्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्