नेपाली काँग्रेसका नेता शशांक र मिनेन्द्रले भेटे योगी आदित्यनाथलाई

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल र भारत उत्तरप्र देशका मुख्यमन्त्री योगी आदित्यनाथ (अजयसिंह बिष्ट) बीच भेटवार्ता भएको छ ।

समृद्धिका लागि दोस्रो नेपाल–भारत द्विपक्षीय सम्मेलनमा भाग लिन पुगेका कोइराला र रिजालसँग उत्तरप्रदेशस्थित एक होटलमा मुख्यमन्त्री आदित्यनाथले भेटवार्ता गर्नुभएको छ ।

इन्डिया फाउन्डेशन दिल्ली, नेपाल–भारत चेम्बर अफ कमर्स तथा इन्डष्ट्री काठमाडौं र नीति अनुसन्धान प्रतिष्ठान नेपालले संयुक्त रूपमा बुधबार र बिहीबार सम्मेलन गरेको थियो । उक्त सम्मेलनमा नेपालबाट कोइराला र रिजाललगायत अन्य सम्मेलनमा पुगेका थिए ।

आयोजकले सम्मेलन समापन समारोहमा नेपालबाट महामन्त्री कोइराला र उत्तरप्रदेशबाट मुख्यमन्त्री आदित्यनाथलाई बोल्न समय दिएको थियो । सम्मेलन समापन समारोह सुरू हुनु पहिले आदित्यनाथले कोइराला र रिजालसँग भेटेर कुराकानी गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्