शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

प्रतिनिधिसभाको शुक्रबार २ बजे बोलाइएको बैठक शोक प्रस्ताव पारित गरेर लागि स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक शनिबारसम्मका लागि स्थगित गरिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले शनिबार बिहान ११ बजे पुनः बैठक बस्ने जानकारी दिए ।

राष्ट्रियसभा सांसद उपाध्यायको शुक्रबार ५१ वर्षको उमेरमा क्यान्सर रोगका कारण निधन भएको थियो ।

उपाध्यायको निधनमा संसदमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्