प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । सरकारका दुईवर्षे उपलव्धीका बारेमा सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिनुहुने सूचनामा जारी गरिएको छ । आज दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।

ओली नेतृत्वको सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण प्रधानमन्त्रीले आजै सम्बोधन गर्न लागेको संसद सचिवालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्