कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ को कार्यालयले स्वास्थ्य स्वयमसेवीकाहरुलाई सहयोग स्वरुप केही सामग्रीहरु उपलब्ध गराएको छ । आइतबार स्वास्थ्य स्वयमसेवडा कार्यालयमा बोलाएर एक/एक थान साईकल, १/१ थान एन्ड्रोइड स्मार्ट मोबाइल, एक/एक सेट झोलाका साथै १/१ थान ड्रेस हस्तान्तरण गरेको हो । सेवा विहिन अवस्थामा वडा कार्यालयले २ बर्ष अगाडी देखि नयाँ भर्ना गरेका ५ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई थप उत्साह थप्न उक्त सामग्री हस्तान्तरण गरेको वडा अध्यक्ष बहादुरसिँह महराले बताउनुभयो ।
उपहार खबरसँगको कुराकानीमा अध्यक्ष महराले स्वास्थ्य सेवा सम्बन्धि प्रतिबद्धता पुरा गर्ने आफ्नो संकल्प रहेकोले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा सुधार गर्दै लग्ने र वर्तमान अवस्थामा पनि स्वास्थ्य क्षेत्रमा पहुँच बढाएको बताउनुभयो ।
वडा नं. ८ को दुर्गम बस्तीको रुपमा रहेको भमरभोज, मुक्त कमैया वस्ती नौखरी, मणीकाधाम टोल, धारापानी र बर्रेगाडा टोलका स्वास्थ्य स्वयमसेविकाहरुलाई उक्त सामग्री हस्तान्तरण गरेको हो । हस्तान्तरण समारोहमा अध्यक्ष महरा लगायत वडा सदस्यहरु, सचिव चन्द्र चौधरी, प्राविधिक कर्मचारी गोकर्ण जोशी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।