सञ्चारकर्मीको एक हूल शनिबार भागरथी भट्टको घर जाँदै थियो । खोचलेक बजारबाट चडेपानी जाने सडक पस्नै लाग्दा एक व्यापारीले पसलबाटै सोधे, ‘तपाईंहरु पनि त्यहीँ जाँदै हुनुहुन्छ होला है ?
हूलबाट जवाफको अपेक्षा नै नगरी उनी फेरि बोले, ‘कतिपटक जाँदै हुनुहुन्छ हो तपाईंहरु रु छोरीको घटना सुनाउँदा सुनाउँदा भागरथीकी आमा झन् हैरान भइसकिन् । यसरी हूलका हूल घर पुगेका मानिसलाई ही कुरा दोहोर्याएर भन्नु पर्दा आमालाई कति पीडा थपिएको होला भनने अनुमान त्यहाँ जानेले गरेका होलान् ?
बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको गत माघ २२ गते शव फेला परेको थियो ।
शनिबार उनको घरतर्फ जाँदै गरेकाहरु तीन पसलेको कुरा नसुनेझैँ गरी अघि बढे । १५ मिनेटको गाडी यात्रापछि त्यहाँ पुग्दा अघि नै अर्को समूह त्यहाँ पुगिसकेको देखियो । विघटित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीलगायत नेताकायर्कर्ताको समूह भागरथीकी आमा द्रोपतीसँग प्रश्न सोधिरहेको थियो । द्रोपतीले सकिनसकी घटनावृत्तान्त बताइरहेकी थिइन् ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।