हिमपात भएपछिको हेलम्बु हेर्नुहोस् तस्विरमा – फोटो कथा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बुमा हिमपात भएपछि मौसम खुलेको छ ।
प्राकृतिक सौन्दर्यताको दृष्टिकोणले हेलम्बु निकै सुन्दर ठाउँभएको यी तस्विरहरुले देखाएका छन् । काठमाडौबाट नजकिको पर्यटकीय गन्तव्यको रुपमा रहेको हेलम्बुमा हिमपात भएपछिको सफा मौसमले झन सुन्दरता थपिएको छ ।
शनिबार हेलम्बुको तार्केघ्याङ, मेलम्चीघ्याङ, सेर्माथाङ लगायतका उच्च क्षेत्रमा हिमपात भएको थियो । आइतबार विहान हेलम्बुका सुन्दर तस्विरहरु सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बु भ्रमण गरी भरपुर आनन्द लिन आह्वान गरेका छन् ।

तस्विर : गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको फेसबुक वालबाट 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्