बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयमा रोक लगाएको भन्दै कांग्रेसको आपत्ती, निरन्तरता दिन जोडदार माग

सांकेतिक तस्विर

काठमाडाैँ – सरकारले अमुक ठाँउ र व्यक्तिहरुका बिचमा आएको राजनीतिक अन्तर संघर्षका कारण एकतर्फि निर्णय गरि बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयमा रोक लगाएको भन्दै नेपाली कांग्रेसले आपत्ती जनाएको छ ।
नेपाली का‌ंग्रेस वन, वातावरणा तथा विपद् व्यव्थापन विभागले एक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेसले वन निति २०७१ उद्देश्य अनुरुप यस आ.व.को नीति तथा कार्यक्रममा पनि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले निरन्तरता पाएको र हाल सरकाले उक्त निर्णय कार्यान्वयनमा रोक लगाएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
विज्ञप्तीमा उल्लेख गरिएको छ –वनको बैज्ञानिक व्यवस्थापन गर्न आवधिक दश बर्षे र दिर्घकालिन ८० बर्षे योजना सहित २०७१ सालबाट प्रारम्भ गरिएको बैज्ञानिक वन व्यवस्थापनले वन्य स्रोतहरुको उत्पादकत्व र उत्पादन बृद्धि गरि वनको दिगो व्यवस्थापनलाई सुनिश्चित गर्नुको साथै जैविक विविधता र अन्य वातावरणीय सेवालाई पनि टेवा पु¥याउदै आएको छ । वैज्ञानिक वन व्यवस्थापनबाट उपभोक्ता समुह, वन उद्यमी र सरकार लाभान्वित हुदै गएका थिए ।
वन उपभोक्ताहरुको र वन उद्यमीहरुको हित, वनको विज्ञान, माग र आपूर्तिको नियम र बजारको सिद्धान्त प्रति व्यवस्था गर्दै वन पैदावरको संकलन, ओसारपोसार एंव विक्रि वितरणलाई नै प्रभावित हुने गरि रोक लगाउनुका साथै अदुरदर्शी निर्णय गरि बैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई वन्द गर्न खोज्नुले सरकार देशका महत्वपूर्ण प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र सदुपयोगमा गम्भीर नभएको प्रष्ट पारेको छ ।
यस्ता गलत, अपरिपक्क र अवैज्ञानिक निर्णयले वन अतिक्रमण एवं चोरी कटानी बढ्ने, कालान्तारमा देशमा वनपैदावरमा आधारित वन उद्यम धरासायी हुने र काठ जस्ता वन पैदावरमा परनिर्भरता अझ बढ्दै जाने तर्फ सरकारलाई गम्भिर हुन पनि सचेत गराउन चाहन्छौँ । अतः नेपालको वन स्रोतको दिगो व्यवस्थापन गर्न र वन्यश्रोतबाट आय र रोजगारी श्रृजना गरि सम्बृद्धिमा टेवा पु¥याउन, वन पैदावर आपूर्तिमा राष्ट्रलाई आत्मनिर्भरतर्फ डो¥याउन बैत्रानिक वन व्यवस्थापन कार्यक्रमको निरन्तरता अति आवश्यक रहेकोले कार्यक्रम कार्यान्वय गर्ने क्रममा देखा पर्न जाने सुशासन र पारदर्शिताका समस्याहरुलाई दृढताका साथ व्यवस्थापन गर्दै बैज्ञानिक वन व्यस्थापन कार्यक्रमलाई निरन्तरता दिन नेपाली कांग्रेसले जोडदार माग गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्