दाङमा एक जनाको विभत्स हत्या, ३ जना पक्राउ

दाङ – दाङको राप्ती गाउँपालिकामा घरभित्रै एक व्यक्तिको विभत्स हत्या भएको छ । गाउँपालिकाको वडा नं. ६ पथ्थरगढवाका ४० वर्षीय मोतिलाल चौधरीको माघ ७ गते मध्यराति विभत्स हत्या भएको छ । मोतिरामको हत्या आरोपमा गाउँकै ३३ वर्षीय मोतिराम चौधरी, उनका ठूला बुवा र काकाका छोराहरु ४८ वर्षीय मनिराम र ३८ वर्षीय धनबहादुर चौधरी पक्राउ परेका छन् । प्रहरीले यी तीनै जनालाई बिहीवार मध्यरातमा घरबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार ती तीन जनाले मोतिरामलाई घरभित्रै घुसेर विभत्स हत्या गरि घरदेखि ६ सय मिटर टाढा घिसार्दै लगेर कुलोमा फालेको अवस्थामा शव माघ ८ गते बिहान फेला परेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी चन्दका अनुसार घटना बुधवार मध्यराततिर घटेको जानकारी दिनुभयो ।

हत्या गरिएका मोतिराम आफ्नो सानो झिंगटीले बारेको घरमा एक्लै बस्दै आएका थिए । उनले हालसम्म बिबाह गरेका थिएनन् भने उनकी आमा उनी नाबालक छँदा नै बितेको र बाबुपनि बेपत्ता भएका थिए । मोतिराम सानैदेखि माउली घरमा बसेर हुर्केको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्