प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध बढाउन नयाँ दिल्ली उचित मौकाको पर्खाइमा थियो । ओलीले बीआरआई अन्तरगतको चिनियाँ परियोजना टुंग्याउन आलटाल गरेको र उनी अमेरिकी सहयोगको एमसीसी परियोजनाको पक्षमा रहेको ठम्याइ चीनको थियो ।
त्यसमाथि चिनियाँ राजदूत हाउले गत असारको एउटा भेटमा ‘पार्टी फुटाउनुभन्दा बरु प्रधानमन्त्री पद छाड्न’ आग्रह गरेपछि ओली चीनबाट टाढिँदै गए । यी परिघटनालाई सूक्ष्म ढंगले केलाइरहेको र उचित मौकाको पर्खाइमा रहेको भारतले ओलीबाट दिल्लीसँग सम्पर्क विस्तार गर्ने प्रस्तावलाई सहजै स्वीकार गर्यो ।
मोदीको विशेष दूतका रुपमा ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलाई काठमाडौँ पठायो । गोयलको भ्रमणको केही सातामै भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे काठमाडौँ पुगे । त्यतिमात्र होइन, बालुवाटारकै विशेष आग्रहमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि काठमाडौँ ओर्लिए ।
दिल्लीबाट भएका यी उच्चस्तरीय भ्रमणले नेकपाभित्रको आन्तरिक विवाद फेरि चर्कियो । भारतका लागि नेकपाभित्रको विवाद चर्किनु आफैमा सुखद घटना थियो । त्यसमाथि गोयलको गोप्य भ्रमणसँगै ओलीले प्रयोग गर्दै आएको राष्ट्रवादको सूचकांक क्रमशः ओरालो लाग्न थाल्यो ।
यही परकम्पमाझा तल्लो सदन विघटनदेखि एउटा बलियो धरातलको पार्टी दुई टुक्रा भएको छ जुन भारतको लागि निकै प्रीतकर हो । आखिर उसले रिङ बाहिर रहेर नै नेपालको राजनीतिक खेलमा आफू अनुकूल नतिजा पाएको छ ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।