बडिमालिका वडा न.७ मा नेपाल टेलिकमको फोर जी सेवा सहितको टावर निर्माण हुने

सांकेतिक तस्विर

देबराज पाध्याय

बाजुरा- बाजुरा जिल्लाको बडिमालिका वडा न ७ मा नेपाल टेलिकमको फोर जी सेवा सहितको टावर निर्माण हुने भएको छ । सदरमुकाम समेत रहेको सो वडामा हाल फोन सेवा नभएकोले टेलीकमले टावर निर्माण गरी सेवा बिस्तार गर्ने बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

बाजुरा जिल्लाको सबै भन्दा पहिलो नगरपालिका र सदरमुकाम समेत रहेको नगरपालिकाकै वडा न.७ मा फोन नेटवर्क नभएको अबस्थामा त्यहाँका जनताको मागलाई सम्बोद्धन गर्दै बडिमालिका नगरपालिका वडा न.७ का वडा अध्यक्ष धर्मराज पाध्यायको पहलमा सो टावर निर्माण गरिने भएको छ । बडिमालिका नगरपालिका वडा न.७ को माउलेख गाउँमा रहेको गौरी धामीको ५ सय १९ नम्मर कित्ता जग्गा नेपाल टेलीकमले लिजमा लिन सम्झौता भईसकेको र अबको २ महिनामा टावर निर्माण गरी सेवा बिस्तार गरिने नेपाल टेलीकमका लेखापाल मान ब.रोकाया जनाएको छ ।

सर्बेक्षण गर्दा धेरै ठाउँमा गरिएको भए पनी सो ठाउँबाट वडा भरी काम गर्ने भएकोले गौरी धामीको १६ हजार ७ सय ५० बर्गमिटर जमिन २० बर्षका लागि लिजमा लिइ अबको केही दिनमै काम सुरु गरिने वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन । नगरपालिकाकै दुर्गम जस्तो रहेको वडा न ७ मा नेपाल टेलिकमको सेवा पाउने भएपछि जिल्ली चुथी सिराडी रजातोली, ढम्कनेका स्थानीयहरु खुसी भएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्