लेकम गाउँपालिका–६ उचाकोट मालिकार्जून मन्दिरको फिल्ड निर्माण हुदै (फोटफिचर)

दार्चुला – लेकम गाउँपालिका–६मा अवस्थित उचाकोट मालिकार्जुन मन्दिरको फिल्ड निर्माण कार्य भइरहेको छ । गाउँपालिकाको सहयोगमा फिल्ड निर्माण भइरहेको स्थानीय गणेश मिश्रले जानकारी दिए । मालिकार्जुन मन्दिरमा कार्तिक शुक्ल चतुदर्शमा मेला लाग्ने गर्दछ । मेला भर्न स्थानीयहरु मन्दिरमा ठूलो संख्यामा उपस्थित हुने गरेको र फिल्डको अभाव हुँदा फिल्ड निर्माण गर्न लागिएको मन्दिरका मुखिया लाटो धामीले जानकारी दिए । उनले मन्दिरको फिल्ड निर्माण, धार्मिक पर्यटनमा सहयोग गर्न दार्चुलाबाट निर्वाचित सांसद गणेश ठगुन्ना, दिलेन्द्र प्रसाद बडू, प्रदेश सांसदहरु र सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्