गाउँपालिकाको पहलमा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

सुशील सुवेदी, सिन्धुपाल्चोक

हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डौ पठाइएको छ ।

हेलम्बु – ७ मा रहेको इचोक बर्थिङ सेन्टरमा दिँउसो २:३० मा सुत्केरी भएकी महिलाको अत्यधिक रक्तसा्रव भईरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा साँझ मनाङ एयर हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । टिचिङ हस्पिटलमा उपचाररत सुत्केरी हेलम्बु १ की पेमा लामाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको गाँउपालिका स्वास्थ्य शाखाका प्रमुख ज्ञानेन्द्र सिग्देलले जानकारी दिनुभयो ।

गतहप्ता पनि हेलम्बु १ की फुर्बा डोल्मा लामाले जन्माएको बच्चाले स्वास आफै फेर्न नसके पछि गाउँपालिकाले आफ्नै खर्चमा हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । आफ्ना नागरीकको जिवन रक्षा को लागि स्थानीय सरकार जुनै समय पनि तयार रहेको शेर्पाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्