चोरीको सामानसहित चोरीमा संलग्न एक जना पक्राउ

सुशील सुवेदी, सिन्धुपाल्चोक

इलाका प्रहरी कार्यालय मेलम्चीले चोरीको सामान सहित चोरीमा संलग्न एक जनालाइ पक्राउ गरेको छ । मेलम्ची नगरपालिका वडा नम्बर १३ टि आर टि कम्पनीमा चोरी गरि भागेका १ बालकलाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।

कम्पनीमा सहयोगि [पाले] नभएको मौका छोपि कोठामा राखिएको ५०, हजार रुपिँया नगद चोरी भएको निवेदन आएपछि प्रहरी खटिएको थियो । प्रहरीले १७ बर्षिय बालकलाइ नियन्त्रणमा लिई ३ थान मोबाइल, ३ थान चार्जर,१ थान उफर र नगद ९ हजार ५ सय रुपिँया बरामद गरेको निरिक्षक तामाङले जानकारी दिनुभयो । अहिले थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्