राष्ट्रिय क्रिकेट खेलाडी भण्डारी सवारी दुर्घटनामा गम्भीर घाइते

अर्जुन सिंह ठकुरी

कंचनपुर- धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल झलारी बजारमा एकआपसमा ठोक्किदा २ जना घाइते भएका छन् ।  दुर्घटना साँझ साढे सात बजेतिर भएको श्रोतले बताएको छ । घाइते हुनेमा मोटर साइकलमा सवार शुक्लाफाटा नगरपालिका वडा नम्बर– १० का राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी वर्ष २८ का ललित भण्डारी र उनका भाइ नाता पर्ने वर्ष २४ का करन ठगुन्ना रहेका छन्। क्रिकेट खेलाडी भण्डारीको अवस्था चिन्ताजनक रहेको छ ।

ट्रकका चालक फरार रहेका छन भने र ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको इ.प्र.का झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले जानकारी दिए । इ.प्र.का झलारीका अनुसार घाइतेको झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचार पछी थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्