सुदूरपश्चिममा १ सय १३ जना प्रहरी कोरोना सङ्क्रमित

सुदूरपश्चिम प्रदेशमा आज थप ७६जनामा कारोना सङ्क्रमणको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी, डडेलधुरा र डोटी जिल्ला अस्पतालका प्रयोगशालामा गरिएको नमूना परीक्षणमा कैलाली, कञ्चनपुर, अछाम र डडेलधुराका थप व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको सामाजिक मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ३३५पुगेको छ । सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचाररत एक सङ्क्रमितको स्वास्थ्यवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको प्लाज्मा थेरापी विधिवाट उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

हालसम्म कोरोनाका कारण कैलालीका छ, बझाङ र बाजुराका दुईदुई र अछाममा एक जनासमेत ११ जनाको मृत्यु भएको छ । यही भदौ १० गते यता कोरोना भाइरसको मृत्यु दर स्थिर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्