छोरोले चलाएको ट्रिपरको ठक्करबाट आमाको मृत्यु

नवलपरासी पश्चिम– पश्चिम नवलपरासीको सुनवलमा छोराले चलाएको ट्रिपरको ठक्करबाट आमाको मृत्यु भएको छ ।

घरको आँगनमा रहेको ट्रिपर छोराले सडकमा निकाल्ने क्रममा एकाक्सी आफ्नै आमालाई ठक्कर दिएपछि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनवल नगरपालिका–४ बेलारी बस्ने २८ वर्षीय गोविन्द थापाले शनिबार साँझ घरको आँगनमा पार्किङ्ग गरिरहेको लु २ ख २२५९ नम्बरको ट्रिपर सडकमा निकाल्ने क्रममा टिपरले ठक्कर दिँदा ६० वर्षकी आमा खेमकुमारी थापा गम्भीर घाइते हुनुभएको थियो ।

गम्भीर घाइते आमालाई सोही ट्रिपरमा राखेर छोराले उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका थिए । तर उपचारकै क्रममा शनिबार राति मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिनुभयो ।– नेपाल टेलिभिजनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्