नरेश जोशी, बैतडी
बैतडी जिल्लामा पछिल्लो समय जताततै सडक निर्माण भइरहेका छन । स्थानीय तह, सुदूरपश्चिम प्रदेश र केन्द्र सरकारको लगानीमा सडक निर्माण निर्माणधीन छन् । निर्माणधीन अधिकांश सडकको काम सुस्त छ । निर्माण सुस्त हुँदा सडक अहिले हिलाम्य बनेका छन् । पानी पर्नासाथ निर्माणाधीन सडक हिलाम्मे र घाम लाग्दा सडक धुलाम्य हुन्छन् । यो समस्या अहिले जिल्लामा जताततै रहेको देखिन्छ ।
निर्माणाधीन सडकमा कतै खाल्डाखुल्डी त कतै निर्माण समाग्री थुपारिएको छ । सडकमा जताततै खाल्डाखुल्डी हुँदा पानी पर्नासाथ ताल बन्छ । यो समस्या जिल्लाको सदरमुकाम क्षेत्रमा बढी छ । जिल्लाको सदरमुकाम क्षेत्र जोड्ने गडि–गोठलापानि सडक निर्माण मा निकै ढिलासुस्ति हुदा यात्रुहरु मारमा परेका छन । जिल्लाका सरकारि कार्यलयहरु जिल्ला अदालत, जिल्ला प्रसाशन कार्यलय , जिल्ला मालपोत कार्यलय , हुलाक कार्यलय लगायतका दर्जन बढि सरकारि कार्यलय का कर्मचारि हिड्ने यो सडक को अवस्था नाजुक छ । यी दुई क्षेत्र जोड्ने सडक अहिले हिलाम्य भएको छ् । यहाँ सवारी साधन सञ्चनलनमा कठिनाई भइरहेको छ । सडक निर्माणको जिम्मा पाएका ठेकेदारहरुको लापरवाहीका कारण सडकको यस्तो दुर्दशा भएको स्थानियको भनाइ छ ।
समयमै सडक कालोपत्रे नहुँदा सर्वसधारण नागकि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन ।सडकको यस्तो अवस्था हुँदा समेत सरोकारवालाले निर्माणमा तिब्रता नदिएको स्थानियकोे भनाई छ । विकास गर्दा केही अप्ठ्यारो हुनु स्वभाविक हो तर ठेकेदारले निर्माणमा ढिलासुस्ती गरिरहने, हामीले समस्या भोगिरहेन कहीलेसम्म रु स्थानियले प्रश्न गर्न थालेका छन । जिल्ला को गडि गोठलापानि जोड्नेसडक निर्माणको कार्य सुस्त छ । १ किलो मिटर १ सय मिटरको यो १ बर्ष मा निर्माण गर्ने गरी केस कन्ड्रक्सन प्रा।लि।सँग सम्झौता भएको थियो । केस कन्ड्रक्सन सँग १ करोड ८० लाखमा सो सडक निर्माण गर्ने सम्झौता भएको थियो ।
सम्झौता अनुसार निर्माण कम्पनीले यसअघि नै निर्माण कार्य सक्नु पर्ने थियो । तर, निर्माण व्यवसायीले निर्माणमा ढिलासुस्ती गर्दा अहिलेसम्म ८० प्रतिशत मात्रै काम सकिएको छ । तर निर्माण व्यवसायी ले विवाद, स्टिमेटभन्दा बढि काम र प्राबिधिक कठिनाई का कारण सडक निर्माण मा ढिलाइ भएको बताएक छ ।