सुनको मुल्यमा नयाँ किर्तिमानी, प्रतितोला १ लाख ३ हजार ५ सयमा कारोबार

काठमाडौं– सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ । शुक्रबार एकै दिन हजार रुपैयाँ वृद्धि भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । चाँदी तोलाको १ हजार ४ सय ५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्